काठमाडौं । स्ट्राइकर बिमल रानाले नेपाली राष्ट्रिय टोलीमा डेब्यु गरेका छन् ।
कुवेतविरुद्ध अहिले जारी पहिलो मैत्रीपुर्ण खेलमा मैदान उत्रदै बिमलले राष्ट्रिय टोलीमा डेब्यु गरेका हुन् ।
मनाङ मर्स्याङ्दीका फरवार्ड बिमल खेलको ७३ औं मिनेटमा भरत खवासको स्थानमा मैदान प्रवेश गर्दै राष्ट्रिय टोलीमा डेब्यु गरे ।
कुवेतविरुद्ध नेपाली टोलीमा डेब्यु गर्ने बिमल तेस्रो खेलाडी हुन् । यस खेलबाटै अजित भण्डारी र रबी पासवानले नेपाली टोलीमा डेब्यु गरेका थिए ।