काठमाडौं । पहिलो अन्तराष्ट्रिय मैत्रीपुर्ण खेलमा नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले अहिले कुवेतसंग प्रतिस्पर्धा गरिरहेको छ ।
पहिलो हाफको खेल सकिदा नेपालले घरेलु टोलीलाई गोलरहित बराबरीमा रोकेको छ । गोलकिपर किरण चेम्जोङले उत्कृष्ट प्रदर्शन गरेपनि नेपालले घरेलु टोलीलाई बराबरीमा रोक्न सफल भएको हो । कुवेतले पटक पटक गरेको आक्रमण किरणले उत्कृष्ट बचाऊ गरे ।
दुई मैत्रीपुर्ण खेल खेल्ने कुवेत पुगेको नेपाली टोलीले मंगलबार दोस्रो खेल खेल्नेछ ।
हालै प्रशिक्षकको जिम्मेवारी पाएका योहन कालिनको नेपालबाट यो पहिलो भ्रमण हो ।
नेपाल र कुवेतबीच १९ बर्षपछि प्रतिस्पर्धा गर्न लागेका हुन् । यसअघि नेपालले कुवेतसंग सन् २००० मा एएफसी एसिया कपमा प्रतिस्पर्धा गरेको थियो । उक्त खेलमा नेपाल ५-० ले पराजित भएको थियो । नेपाललाई उक्त हारको बदला लिने अवसर रहेको छ ।