काठमाडौं । कुवेतसंगको पहिलो अन्तराष्ट्रिय मैत्रीपुर्ण खेलका लागि नेपाली राष्ट्रिय टोलीको सुरुवाती-११ घोषणा भएको छ ।
मुख्य प्रशिक्षक योहान कालिनले कुवेतविरुद्ध खेल्ने सुरुवाती-११ को नाम सार्वजनिक गरेका छन् ।
नेपाल र कुवेतबीचको खेल अल्शाबब मैदानमा नेपाली समय अनुसार राति ९:१५ बजे सुरु हुनेछ ।
नेपाली टोलीमा अजित भण्डारीले डेब्यु गर्ने भएका छन् । नेपाल पुलिसका डिफेन्डर अजित प्रशिक्षक कालिनको नजरमा पर्दै राष्ट्रिय टोलीमा डेब्यु गर्न लागेका हुन् ।
यस्तै बिक्रम लामा र रञ्जित धिमालले लामो समय पछि टोलीमा स्थान बनाएका छन् ।
नेपाल र कुवेतबीच १९ बर्षपछि प्रतिस्पर्धा गर्न लागेका हुन् । यसअघि नेपालले कुवेतसंग सन् २००० मा एएफसी एसिया कपमा प्रतिस्पर्धा गरेको थियो । उक्त खेलमा नेपाल ५-० ले पराजित भएको थियो ।
नेपाली टोली :
गोलकिपर : किरण कुमार लिम्बु
डिफेन्डर : विराज महर्जन (कप्तान) , देवेन्द्र तामाङ्, अजित भण्डारी, रञ्जित धिमाल
मिडफिल्डर : रोहित चन्द, बिक्रम लामा, सुजल श्रेष्ठ, सुमन लामा
फरवार्ड : नवयुग श्रेष्ठ, भरत खवास