विराटनगर । पाँचौ संस्करणको महिला साफ च्याम्पियनसिप फाइनल खेल शुक्रबार हुँदैछ ।
फाइनलमा खेल्नेछन् - साविकको विजेता भारत र आयोजक नेपाल । नेपालले श्रीलंका र भारतले बंगालदेशलाई हराएर फाइनल भिडन्त पक्का गरेका हुन् ।
पहिलो सेमिफाइनलमा नेपालले श्रीलंकालाई ४-० गोल अन्तरले पराजित गरेको थियो ।
विराटनगरको गर्मीमा श्रीलंकालाई हराएपछि नेपाली टोलीले रिकोभरीका लागि आईस बाथको मज्जा लिएको थियो ।
तर, अखिल नेपाल फुटबल संघ (एन्फा) ले खेलाडीको लागि आईस बाथ गर्ने बकेट उपलब्ध नगराएपछि नेपाली खेलाडीले डस्टबिनमा आईस बाथको मज्जा लिएको छ ।
अझ, प्रयाप्त डस्टबिन नहुँदा एकै डस्टबिनमा २ देखि ३ खेलाडीले एकै पटक आईस बाथ लिएका थिए ।
हेनुहोस् तस्बिर :
तस्बिर : विवेक विक्रान्त अधिकारीको फेसबुक (ट्रेनर)