एजेन्सी । इंग्ल्यान्डका डिफेन्डर ट्रेन्ड एलेक्जेन्डर आर्नोल्डले युरोकप छनोटको सुरुवाती दुई खेल गुमाउने भएका छन् ।
ढाडको चोटका कारण २० बर्षे आर्नोल्डले छनोटको सुरुवाती खेल गुमाउने भएका हुन् ।
इंग्ल्यान्डले यसै साता चेक रिपब्लिक र मोन्टेङ्ग्रोसंग खेल्दैछ ।
लिभरपुलका राइट ब्याक आर्नोल्डको स्थानमा इंग्ल्यान्डले अर्को खेलाडी नल्याउने भएको छ ।
इंग्ल्यान्डले चेक रिपब्लिकसंग शुक्रबार र मोन्टेङ्ग्रोसंग सोमबार खेल्नेछ ।