एजेन्सी । अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा जर्मनी बराबरीमा रोकिएको छ । बुधबार राति भएको खेलमा जर्मनी सर्बियासंग १-१ गोलको बराबरीमा रोकिएको हो ।
घरेलु मैदानमा लियोन गोर्टेज्काले गोल गरेपछि जर्मनीले सर्बियासंग बराबरी खेलेको हो । खेलको १२ औं मिनेटमा लुका जोभिकले गोल गर्दै सर्बियालाई सुरुवाती अग्रता दिलाएका थिए । तर, खेलको ६९ मिनेटमा गोर्टेज्काले गोल गर्दै जर्मनीलाई हारबाट जोगाए ।
यस्तै खेलको इन्जुरी समयमा मिलान पाभकोभले रातो कार्ड पाएपछि सर्बिया १० खेलाडीमा समेटिएको थियो । पाभकोभले लोरी सानेलाई खराब ट्याकल गरेका थिए । पाभकोभले सानेको देब्रे खुट्टाको नली खुट्टामा टेकेका थिए । जसको कारण सानेको हड्डी भाचिएको बताईएको छ ।
युरोकप छनोटको तयारीमा रहेका जर्मनी र सर्बियाले मैत्रीपुर्ण खेल खेलेको हो ।
जर्मनीले आइतबार नेदरल्याण्ड र सर्बियाले पोर्चुगलसंग खेल्ने छ ।