रुपन्देही । दोस्रो सैनामैना मेयर कप नकआउट फुटबल प्रतियोगिता हुने भएको छ । जनप्रिय स्पोर्टिङ युवा क्लब सैनामैना रुपन्देहीको आयोजनामा हुने प्रतियोगितामा चैत ९ देखि २० सम्म हुनेछ ।
प्रतियोगितामा आयोजक टिम सहित देशभरका १६ क्लबले प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगिताको विजेताले १ लाख ७७ हजार ७७७ प्राप्त गर्नेछ । उपविजेताले ८८ हजार ८८८ पाउने छन् । यस्तै सेमिफाइनल सम्म पुग्ने दुई टिमले समान २० हजार पाउने आयोजकले जनाएको छ ।
प्रतियोगिताको उत्कृष्ट एक खेलाडीले २० हजार बराबरको माउण्टेन बाइक साइकल प्राप्त गर्ने छन् । त्यस्तै प्रतियोगिताको सर्वाधिक गोल कर्ता,उत्कृष्ट स्ट्राइकर,उत्कृष्ट डिफेन्डर,उत्कृष्ट गोल रक्षक,उत्कृष्ट मिड फिडफिल्डर र उत्कृष्ट प्रशिक्षकहरुले जनही ५/५ हजार पाउने छन् ।
यसअघि स्वर्गिय लाल बहादुर मिधुन स्मृति कप र सैनामैना गोल्ड कपको रुपमा प्रतियोगिता आयोजना हुदै आएको प्रतियोगिता सैनामैना नगरपालिकाले प्रतियोगिताको संरक्षक ग्रहण गरेपछि गत बर्षबाट मेयर कपको रुपमा संचालन हुदै आएको क्लबका अध्यक्ष किशोर रानाले जानकारी दिए ।