एजेन्सी । अर्जेन्टिनी राष्ट्रिय फुटबल टिमका निर्देशक सीजर लइस मेनोटीले स्टार खेलाडी लियोनल मेस्सीको थकानलाई लिएर चिन्ता ब्यक्त गरेका छन् । शुक्रबार भेनेजोएलासंग हुने अन्तारष्ट्रिय मैत्रिपुर्ण म्याचको अगाडी टिमका निर्देशक मेनोटीले मेस्सीको थकानलाई लिएर चिन्ता ब्यक्त गरेका हुन् ।
मेस्सी रुसी विश्वकपमा सहभागि भएपछि पहिलो पटक राष्ट्रिय टिममा फर्किएका छन् । उनी अहिले समेत निकै लयमा छन् । उनले पछिल्ला तीन खेलमा ६ गोल गरेका छन् । रियल वेट्सविरुद्वको खेलमा उनले ह्याट्रिक समेत गरेका थिए ।
मेटोनीको मुख्य प्रशिक्षणमा अर्जेन्टिनाले सन् १९७८ को विश्वकपको उपाधि उचालेको थियो ।
‘मेस्सीको खेललाई लिएर मलाई चिन्ता लागेको छ ।’ उनले भने ।
‘उनी अहिले च्याम्पियन्स लिग र राष्ट्रिय टिमको खेलबाट खेल्न निकै दबाबमा देखिन्छन् । मैले उनलाई निकै थकित देखिरहेको छु ।’ उनले थपे, ‘यदी उनी अर्जेन्टिनाबाट खेल्छन् भने त्यो राम्रो हो ।’
अर्जेन्टिनाले आगामी शुक्रबार भेनेजोएलासंग मैत्रिपुर्ण म्याच खेल्दैछ । लगत्तै चारदिन पछाडी उसले मोरक्कोसंग खेल्नेछ ।