विराटनगर । राष्ट्रिय महिला फुटबल टिमका मुख्य प्रशिक्षक हरी खड्काले सेमिफाईनलको नतिजाबाट आफु सन्तुष्ट रहेको बताएका छन् । खेलपछि सञ्चारकर्मीसंग मुख्य प्रशिक्षक खड्काले सेमिफाईनलमा ४–० को जित राम्रो नतिजा भएको प्रतिक्रिया दिए ।
‘नतिजाबाट सन्तुष्ट छु । सेमिफाईनलमा ४–० को जित राम्रो नतिजा हो ।’ उनले भने, ‘खेलाडीके मिहेनतले जित्यौ । खेलाडीलाई बधाई छ ।’
श्रीलंकाले रक्षात्मक खेल प्रर्दशन गर्दा पहिलो हाफमा गोल निकाल्न कठिन भएको प्रशिक्षक खड्काको भनाई छ ।
‘नकआउट चरणको खेल भएकाले पहिलो हाफमा प्रयोग गरेर जोखिम उठाउन गाह्रो भयो । तर एक गोल भएपछि दोस्रो हाफमा धेरै गोल निकाल्न सफल भयौ ।’ उनले भने ।
टिमकी कप्तान निरु थापाले प्रशिक्षकको निर्देशन अनुसार खेल प्रस्तुत गरेकाले जित सम्भव भएको बताईन् ।
‘फाईनल खेल जित्दै उपाधि घरमै राख्ने विश्वास छ ।’ उनले थपिन् ।