विराटनगर । साफ च्याम्पियनसिप फुटबलको सेमिफाईनल खेलमा नेपालले पहिलो खेलाडी परिवर्तन गरेको छ । मुख्य प्रशिक्षक हरी खड्काले कप्तान निरु थापाको स्थानमा युवा स्ट्राईकर रेखा पौडेललाई मैदानमा पठाएका छन् ।
खेलको ६५ औ मिनेटमा नियमित कप्तान निरुलाई स्थानान्तरण गर्दै रेखा मैदान प्रवेश गरेकी छिन् ।
उनले यसै साफमा राष्ट्रिय टिमबाट डेब्यु गरेकी थिईन् । उनले भुटानविरुद्वको खेलमा सिनियर टिमबाट डेब्यु गरेकी हुन् ।
दोस्रो हाफको खेल चलिरहदाँ नेपाल १–० ले अघि छ ।