विराटनगर । साफ च्याम्पियनसिप फुटबलको सेमिफाईनल खेलमा श्रीलंकाविरुद्व नेपालले अग्रता लिएको छ । सहिद रंगशालामा पहिलो हाफको खेलको समाप्तिमा नेपालले १–० को अग्रता लिएको हो ।
खेलको ४२ औ मिनेटमा पुजन जर्घामगरले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी हुन् । सावित्रा भण्डारीको हेड बलमा पुनमले वान टसमा गोल गर्दै नेपाललाई अग्रता दिलाएकी हुन् ।
श्रीलंकाले डिफेन्सिभ खेल खेल्दा नेपालले गोलका लागि निकै संघर्ष गर्नप¥यो । मुख्य स्ट्राईकर सावित्रालाई श्रीलंकाका डिफेन्डरले कडा निगरानीमा राख्दा उनी चल्नै पाईनन् ।
तर नेपालले निरन्तर श्रीलंकामाथि दबाब बनाएको थियो । १० औ मिनेटमा अनिता बस्नेताको फ्रिकिकमा कप्तान निरु थापाको शक्तिशाली हेड पोस्ट माथिबाट बाहिरिएको थियो ।
१६ औ मिनेटमा अनिताकै पासमा सावित्राले डिबक्स नजिकैबाट हानेको प्रहार श्रीलंकाकी गोलकिपरले सहजै बचाएकी थिईन् । ३४ औ मिनेटमा मनमाया लिम्बुको कर्नर गिता रानाको हेड गोलकिपरले सहजै बचाईन् ।
नेपाल समुह एको विजेता र श्रीलंका समुह बीको उपविजेताको रुपमा सेमिफाईनल प्रवेश गरेका हुन् ।