विराटनगर । साफ च्याम्पियनसिप अन्तर्गत पहिलो सेमिफाईनलमा नेपाल र श्रीलंका भिड्दैछन् । मुख्य प्रशिक्षक हरी खड्काले श्रीलंकाविरुद्वको खेलका लागि प्लेईङ सेटको घोषणा गरेका छन् ।
प्रशिक्षक खड्काले बंगलादेशविरुद्व खेलेको टिमलाईनै सेमिफाईनलमा खेलाउने निर्णय लिएका छन् ।
फरवार्डमा सावित्रा भण्डारी र कप्तान निरु थापा नियमित छन् ।
मिडफिल्डमा मञ्जली कुमारी योञ्जन, रेनुका नगरकोटी, दिपा राई र अनिता बस्नेत छिन् ।
डिफेन्समा हिराकुमारी भुजेल, गिता राना, पुनम जर्घामगर र मनमाया लिम्बु रहेका छन् ।
गोलकिपरमा एन्जिला तुम्बाप्पे नियमित छन् ।
नेपाल फाइनल पुग्ने लक्ष्य सहित मैदान उत्रदै छ ।