काठमाडौं । घरेलु टोलीसंगको अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय पुरुष फुटबल टोली कुवेत पुगेको छ ।
घरेलु टोलीविरुद्धको दुई मैत्रीपूर्ण खेलका लागि २४ सदसीय खेलाडी र अफिसियलसहितको नेपाली टोली बुधबार बिहान कुवेत पुगेको हो । नेपाली टोलीका टिम व्यवस्थापक दावा लामाले नेपाली टोलीलाई कुवेत फुटबलका पदाधिकारीले स्वागत गरेको बताए ।
नेपालले बिहिबार र आगामी मंगलबार उसैको मैदानमा कुवेतसंग मैत्रीपूर्ण खेल खेल्दैछ । मलेसियासंगको मैत्रीपूर्ण खेल स्थगित भएसंगै नेपालले कुवेतसँग दुई मैत्रीपूर्ण खेल खेल्न लागेको हो । हालै जिम्मेवारी पाएका मुख्य प्रशिक्षक योहान कालिनको यो पहिलो भ्रमण हुनेछ ।
यस पटक नेपाली टोलीमा नयाँ खेलाडीको बाहुल्यता रहेको छ । राष्ट्रिय टोलीका केहि सदस्य यू-२३ टोलीमा रहेका कारण नयाँ खेलाडीले टोलीमा मौका पाएका छन् ।
नेपाली टोली :
गोलकिपर : किरण चेम्जोङ, विकेट कुथु र विशाल श्रेष्ठ
डिफेन्डर : रोहित चन्द, अजित भण्डारी, रवि सिलवाल, सुरज विश्वकर्मा, रञ्जित धिमाल , विराज महर्जन , सरोज दाहाल , देबेन्द्र तामाङ
मिडफिल्डर : रवि पासवान, टंक बस्नेत , सन्तोष तामाङ , बिक्रम लामा, बिशाल राई , हेमन गुरुङ , सुजल श्रेष्ठ
फरवार्ड : रन्जन विष्ट , सुमन लामा , भरत खवास , विमल राना , नवयुग श्रेष्ठ , आशिष लामा