इलाम । पाँचौ संस्करणको माईभ्याली गोल्डकपको उपाधिका लागि अहिले हिमालयन शेर्पा क्लब र क्यामरुनी टोली दाउफिन्सबीच प्रतिस्पर्धा भईरहेको छ ।
इलाममा जारी खेलको पहिलो हाफ सकिदा दाउफिन्सले २-० को अग्रता बनाएको छ ।
खेलको आठौं मिनेटमा यान्निक ओवानाले गोल गर्दै दाउफिन्सलाई सुरुवाती अग्रता दिलाए । यस्तै खेलको १९ औं मिनेटमा पेटेङले हेड गोल गर्दै दाउफिन्सको अग्रता २-० को बनाए ।
दुवै टोली उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिएका छन् ।
प्रतियोगिताको विजेताले ७ लाख र उपबिजेताले ४ लाख रुपैयाँ प्राप्त गर्नेछ ।