काठमाडौं । मनाङ मर्स्याङ्दी क्लबले एएफसी कप खेल्ने २१ जना खेलाडीको सूची एसियाली फुटबल महासंघ एएफसीमा पठाएको छ ।
लिग विजेताको हैसियतामा पहिलो पटक एएफसी कप खेल्न लागेको मनाङले घरेलु फुटबलका स्टार खेलाडीलाई समावेश गर्दै २१ खेलाडीको सूची सार्वजनिक गरेको हो ।
मनाङले घरेलु फुटबलका युवा स्टार अभिषेक रिजाल र देबेन्द्र तामाङलाई एएफसी कपमा खेलाउनेछ । लिगको उपाधि यात्रामाम समावेश अधिकांश खेलाडी टिमसंग नै रहेका छन् ।
लामो समय पछाडी घरेलु फुटबलमा फर्किएका शिव श्रेष्ठलाई समेत मनाङले टिममा समावेश गरेको छ ।
मनाङको सूचीमा गोलकिपरमा बिशाल श्रेष्ठ, अशोक बराल र दिप कार्की रहेका छन् ।
डिफेन्डरमा विराज महर्जन, कमल श्रेष्ठ, सुरज विश्वकर्मा, मोहम्मद आसिफ, प्रवेश कुँवर, देबेन्द्र तामाङ, छिरिङ गुरुङ र अजिज साहिद रहेका छन् ।
मिडफिल्डरमा सुजल श्रेष्ठ, विशाल राई, हेमन गुरुङ, अन्जन विष्ट, प्रकाश बुढाथोकी, अभिषेक रिजाल र शिव श्रेष्ठ छन् ।
फरवार्डमा आफिज ओलावाले, विमल राना र एडिलाजा सोमिडे रहेका छन् ।
एएफसी कपको समूह डीमा रहेको मनाङले बंगलादेशको अबहानी लिमिटेड र भारतको मिनेरभा मञ्जाब र चेन्नई एफसीसंग 'होम एण्ड अवे'का आधारमा खेल्नेछ ।
समूह चरणको पहिलो खेलमा मनाङले बंगलादेशी लिग च्याम्पियन अबहानी लिमिटेडसंग अप्रिल ३ मा खेल्नेछ । सो खेल ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुनेछ ।