एजेन्सी । म्यानचेस्टर युनाइटेडका पुर्व प्रशिक्षक जोस मोउरिन्होले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का स्ट्राइकर केलियन एमबाप्पे मुल्यवान खेलाडी रहेको बताएका छन् ।
फ्रान्सका २० बर्षीय युवा स्टार एमबाप्पेको उमेर र अविश्वसनीय क्षमताले गर्दा लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डो भन्दा बढी मूल्यवान खेलाडी भएको मोउरिन्होले बताए ।
‘मेरो विचारमा मुख्य कुरा उमेर हुन्छ । रोनाल्डो र मेस्सी दुवै ३० वर्ष माथि छन् । नेयमार २७ वर्षका भए । जब हामी बजारमा जान्छौ मुख्य तत्व उमेर हुन्छ । मलाई लाग्छ उनी विश्वको मुल्यवान खेलाडी हुन्,’ मोउरिन्होले भने ।
विश्वकप बिजेता एमबाप्पेले फ्रेन्च लिग वान दुई पटक जितिसकेका छन् । उनले शीर्ष लिगमा ५५ गोल गरिसकेका छन् ।
चेल्सी तथा रियल मड्रिडका पुर्व प्रशिक्षक मोउरिन्होले एमबाप्पे पीएसजीका नेयमार भन्दा महँगा खेलाडी बन्नेमा ढुक्क छन् ।
‘उनको गुणहरुको सन्दर्भमा उ अविश्वसनीय छ । एउटा शब्द नै पर्याप्त छ,’ मोउरिन्होले थपे ।