एजेन्सी । ग्रिक सुपर लिग फुटबलमा समर्थकहरुले खेलाडीमाथि आक्रमण गरेको छ । लिग अन्तर्गत आइतबार राति पानाथिनाईकोस र ओलम्पिकासबीचको खेलमा समर्थकहरुले खेलाडीहरुलाई आक्रमण गरेको हो ।
पानाथिनाईकोसको मैदानमा जारी खेलमा घरेलु समर्थकहरुले ओलम्पिकासका खेलाडीलाई आक्रमण गरेको थियो । जतिबेला घरेलु टोलीविरुद्ध ओलम्पिकासले १-० को अग्रता बनाएको थियो ।
पानाथिनाईकोसका समर्थकहरु ओलम्पिकासको प्लेयर बक्समा आएर आक्रमण गरेको थियो । त्यसपछि दुवै टोलीका समर्थकबीच हिंसात्मक झडप समेत भएको थियो । दुवै क्लबका समर्थकहरुले एक अर्को क्लबको झण्डा मैदानमै जलाएका थिए ।
उक्त झडप नियन्त्रण गर्न प्रहरीलाई निकै हम्मे हम्मे परेको थियो । प्रहरीले फालेको अश्रुग्यास समेत समर्थकले मैदानमै फ्याली दिएका थिए ।
जसको कारण खेल ७० औं मिनेटमा खेल रोकिएको थियो । यस्तै खेलाडी, प्रशिक्षक तथा अफिसियलहरुलाई सुरक्षित स्थानमा लैजान समेत कठिन भएको थियो ।