एजेन्सी । इन्ग्लिश प्रिमियर लिग फुटबलमा चेल्सी पराजित भएको छ । आइतबार राति भएको खेलमा चेल्सी एभर्टनसंग २-० ले पराजित भएको हो ।
घरेलु मैदानमा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा दुई गोल गर्दै एभर्टनले जित निकालेको हो । एभर्टनलाई जित दिलाउन रिचार्लीसन र गिल्फी सिगुर्डसनले एक एक गोल गरे ।
खेलको ४९ औं मिनेटमा रिचार्लीसनले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । खेलको ७२ औं मिनेटमा सिगुर्डसनले गोल गर्दै एभर्टनलाई २-० को जित दिलाए ।
घरेलु टोलीविरुद्ध बल पोजिसनमा पकड जमाएपछि चेल्सीले एभर्टनको डिफेन्स तोड्न सकेन । चेल्सीले पाएको केहि मौकाहरु समेत गुमाएको थियो ।
एभर्टनसंगको हारसंगै चेल्सीको शीर्ष ४ कठिन बन्दै गएको छ । छैटौं स्थानको चेल्सीको ५७ अंक रहेको छ ।
चेल्सीलाई हराएसंगै एभर्टनले ३१ खेलबाट ४० अंक जोडेको छ । एभर्टन ११ औं स्थानमा छ ।
प्रिमियर लिगको शीर्ष स्थानमा लिभरपुल, दोस्रोमा म्यानचेस्टर सिटी र तेस्रो स्थानमा टोटेनहम रहेका छन् ।