विराटनगर । साफ च्याम्पियनसिप फुटबल अन्तर्गत समूह चरणको अन्तिम खेलमा अहिले भारत र श्रीलंकाबीच खेल भईरहेको छ ।
सहिद रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा भारतले फराकिलो अग्रता बनाएको छ । पहिलो हाफमा भारतले श्रीलंकाविरुद्ध ४-० को अग्रता बनाएको छ ।
भारतका लागि दाङमेई ग्रेस,सन्ध्या रंगनाथन, इन्दुमति खाथिरीसान र संगिता बास्फोरेले एक एक गोल गरिन् ।
खेलकाे तेस्राे मिनेटमै सन्ध्या रंगनाथनको प्रहार क्रसबारमा लागेर फर्किएकाे बललाई ग्रेसले गोल गर्दै भारतलाई अग्रता दिलाईन् ।
खेलको सातौं मिनेटमा सन्जु यादवकाे पासमा सन्ध्याले गाेल गर्दै भारतलाई २-० को अग्रता दिलाए । खेलको ३६ औं मिनेटमा इन्दुमतिले गाेल गर्दा भारत ३-० ले अघि रह्यो ।
यस्तै खेलको ४५ औं मिनेटमा संगिताले पेनाल्टीमा गाेल गर्दै भारतको अग्रता ४-० को बनाईन् ।
आज दुवै टोली जित निकाल्दै समूह विजेता बन्ने लक्ष्यसहित मैदान उत्रिएका छन् ।
समूहको पहिलो खेलमा दुवै टोलीले माल्दिभ्सविरुद्व सहज नतिजा निकालेका थिए । भारतले माल्दिभ्सलाई ६–० ले हराएको थियो । श्रीलंकाले माल्दिभ्सलाई २–० ले पराजित गरेको थियो ।
समूह बीको उपविजेता टोलीले सेमिफाईनलमा नेपालसंग प्रतिस्पर्धा गर्नेछ । विजेता टोलीले फाईनल प्रवेशका लागि बंगलादेशसंग खेल्नुपर्नेछ ।
समूह बीमा भारत र श्रीलंकाको समान ३ अंक छ । दुवै खेलमा पराजित माल्दिभ्स प्रतियोगिताबाट बाहिरिसकेको छ ।