काठमाडौं । कुवेतसंग हुने अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाली राष्ट्रिय टोलीका डिफेन्सिभ मिडफिल्डर रोहित चन्द उपलब्ध हुने भएका छन् ।
नेपालले मार्च २१ र २६ गते उसैको मैदानमा कुवेतसंग मैत्रीपूर्ण खेल खेल्दैछ ।
अखिल नेपाल फुटबल संघ एन्फाका मिडिया अधिकृत आयुस खड्काले रोहित कुवेतविरुद्धको खेलका लागि नेपाल आउने बताए ।
रोहित हाल इण्डोनेसियाको क्लब पर्सिजा जाकार्ताबाट व्यवसायिक फुटबल खेलिरहेका छन् ।
रोहित नेपाल फर्कने भएसंगै २४ सदसीय नेपाली टोली कुवेत जाने छन् । यस पटक नेपाली टोलीमा नयाँ खेलाडीको बाहुल्यता रहेको छ ।नेपाली टोली १९ मार्चमा कुवेत प्रस्थान गर्नेछ ।
मलेसियासंगको मैत्रीपूर्ण खेल स्थगित भएसंगै नेपालले कुवेतसँग दुई मैत्रीपूर्ण खेल खेल्न लागेको हो । हालै जिम्मेवारी पाएका मुख्य प्रशिक्षक योहान कालिनको यो पहिलो भ्रमण हुनेछ ।
नेपाली टोली :
गोलकिपर : किरण चेम्जोङ, विकेट कुथु (आर्मी) र विशाल श्रेष्ठ (मनाङ)
डिफेन्डर : रोहित चन्द, अजित भण्डारी (पुलिस), रवि सिलवाल (संकटा), सुरज विश्वकर्मा (मनाङ), रञ्जित धिमाल (थ्री स्टार), विराज महर्जन (मनाङ), सरोज दाहाल (संकटा), देबेन्द्र तामाङ (च्यासल)
मिडफिल्डर : रवि पासवान (पुलिस), टंक बस्नेत (आर्मी), सन्तोष तामाङ (आर्मी), बिक्रम लामा (थ्री स्टार), बिशाल राई (मनाङ), हेमन गुरुङ (मनाङ), सुजल श्रेष्ठ (मनाङ)
फरवार्ड : रन्जन विष्ट (थ्री स्टार), सुमन लामा (पुलिस), भरत खवास (आर्मी), विमल राना (मनाङ), नवयुग श्रेष्ठ (आर्मी), आशिष लामा (एपीएफ)