एजेन्सी । पाहुना टोली श्रीलंकाविरुद्धको पाँच खेलको एकदिवसीय क्रिकेट सिरिजमा दक्षिण अफ्रीकाले क्लिन स्विप गरेको छ ।
शनिबार राति भएको पाँचौ तथा अन्तिम एकदिवसीयमा श्रीलंकालाई डिएल पद्दतिको आधारमा ४१ रनले पराजित दक्षिण अफ्रीकाले सिरिज ५-० ले जितेको हो ।
केप टाउनमा श्रीलंकाले दिएको २२६ रनको लक्ष्यसहित दक्षिण अफ्रीकाले ब्याटिङ गरिरहदा मैदानको फ्लडलाईट बिग्रदा खेल प्रभावित गरेको थियो ।
फ्लडलाईटको कारण खेल रोकिदा दक्षिण अफ्रीकाले २८ ओभरमा २ विकेट गुमाएर १३५ रन बनाएको थियो । तर, प्राविधिकले मैदानको फ्लडलाईट बनाउन सकेन र दक्षिण अफ्रीकाले डिएलको आधारमा २८ ओभरमा ९५ रनको नयाँ लक्ष्य पाउदै ४१ रनको जित निकाल्यो ।
दक्षिण अफ्रीकाका लागि केली मार्क्रमले ६७ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै भान डेर डुसेनले अविजित २८ रन जोड्दा कप्तान फाप डु प्लेसिसीले २४ रन जोडे । श्रीलंकाका लाथिस मालिंगा र थिसरा परेराले एक एक विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ४९ ओभर ३ बलमा अलआउट हुँदै २२५ रन जोडेको थियो ।
कुशल मेन्डिसले ५६ रन जोड्दा प्रियामल परेराले ३३ रन जोडे । यस्तै इसुरु उडाना तिलकरत्नेले ३२ तथा एञ्जेलो परेराले ३१ रन बनाए । दक्षिण अफ्रीकाका कागीसो राबडाले ३ तथा इमरान ताहिर र एन्रिच नोर्त्जेले २/२ विकेट लिए ।