एजेन्सी । बोरुसिया डर्टमण्ड जर्मन बुन्डेस लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।
शनिबार राति भएको खेलमा हेर्थ बर्लीनलाई ३-२ गोल अन्तरले पराजित गर्दै डर्टमण्ड शीर्ष स्थानमा फर्किएको हो।
हेर्थको घरेलु मैदानमा डर्टमण्डलाई जित दिलाउन थोमस डिलाने, डान एलेक्स र मार्को रिउसले एक एक गोल गरे । अन्तिम समयतिर ९ खेलाडीमा समेटिएको हेर्थका दुवै गोल सालोमोन कालोउले गरे ।
खेलमा सुरुवाती अग्रता डर्टमण्डले बनाएको थियो । चौथो मिनेटमा कालोउले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । तर,१४ औं मिनेटमा डिलानेले गोल गर्दै डर्टमण्डलाई खेलमा फर्काए ।
खेलको ३५ औं मिनेटमा कालोउले व्यक्तिगत दोस्रो गोल गर्दै घरेलु टोलीलाई २-१ को अग्रता दिलाए । खेलको ४७ औं मिनेटमा डर्टमण्डका एलेक्सले गोल गर्दै खेल २-२ को बराबरीमा ल्याए ।
खेलको ८५ औं मिनेटमा जोर्डनले दुई पहेलो कार्डसहित रातो कार्ड पाउदा घरेलु टोली १० खेलाडीमा समेटियो । खेलको ९० औं मिनेटमा रिउसले गोल गर्दै डर्टमण्डलाई ३-२ को अग्रता दिलाए ।
त्यसपछि खेलको इन्जुरी समयमा भीडाडले रातो कार्ड पाउदा घरेलु टोली ९ खेलाडीमा सिमित बन्यो र खेल डर्टमण्डले ३-२ को आफ्नो बनायो ।
जितसंगै डर्टमण्डले २६ खेलबाट ६० अंक जोडेको छ । र, डर्टमण्डले वायर्न म्युनिखलाई ३ अंकले पछि बनाएको छ ।
एक खेल कम खेलेको वायर्नको ५७ अंक छ । पराजित हेर्थको ३५ अंक जोडेर १० औं स्थानमा छ ।