एजेन्सी । मुख्य प्रशिक्षकको रुपमा जिनेदिन जिदानको रियल मड्रिडमा सुखद पुनरामगन गरेका छन् । दोस्रो पटक क्लबको जिम्मेवारीमा आएका जिदानले जित सहित घरेलु लिगको सुरुवात गरेका छन् ।
शनिबार राति भएको खेलमा रियलले सेल्टा भिगोलाई २–० ले पराजित ग¥यो । घरेलु मैदानमा जिदानले जित सहित न्यायो आतिथ्यता पाए ।
रियलको जितमा ईस्को र बेलले समान एक एक गोल गरे ।
ईस्कोले ६२ औ मिनेटमा क्लबलाई सुरुवाती अग्रता दिलाएका थिए । बेलले ७७ औ मिनेटमा गोल गर्दै रियललाई सहज जित दिलाए ।
जितले रियल दोस्रो स्थानको एट्लेटिको मड्रिड भन्दा मात्र दुई अंकले पछाडी परेको छ । तेस्रो स्थानको रियलको ५४ अंक छ । सेल्टा भिगोलाई रेलिगेशनले थप पिरोलेको छ । क्लब २५ अंक सहित पुछार देखि तेस्रो स्थानमा छ ।
शीर्ष स्थानको बार्सिलोनाको ६३ अंक छ ।