धनगढी । मुख्यमन्त्री कप अन्तर प्रदेश खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटको उपाधिका लागि सुदुरपश्चिम र प्रदेश नम्बर १ भिड्ने भएका छन् ।
सुदुरपश्चिम प्रदेश समूह 'ए' को र प्रदेश १ समूह 'बी' को विजेता बन्दै उपाधिका लागि भिड्न लागेका हुन् । समूह 'ए' बाट उपविजेता बनेको प्रदेश नम्बर प्रदेश ३ र समूह 'बी' को उपविजेता बनेको प्रदेश ५ तेस्रो स्थानका लागि खेल्नेछन् ।
संघीय प्रहरी कार्यालयको खेल मैदानमा शनिबार प्रदेश नम्बर १ ले प्रदेश नम्बर २ लाई १०० रनले हराएर फाईनलमा स्थान सुरक्षित गर्यो । पहिले व्याटिङ गर्दै प्रदेश १ ले २० ओभरमा २ विकेट क्षतिमा १७६ रन बनायो । उसका लागि रोमा थापाले ८१ तथा काजोल श्रेष्ठले ६१ रन बनाईन् । प्रदेश २ का लागि सरस्वती चौधरी र आरती चौधरीले एक एक विकेट लिईन् ।
जवाफी ब्याटिङ गरेको प्रदेश २ ले २० ओभरमा ९ विकेट क्षतिमा ७६ रन मात्रै बनाउन सक्यो । सा्े पारीमा सरस्वती चौधरीलृ २२ र अनुराधा चौधरीले १० रन बनाउनु बाहेक अरुले दोहोरो अंक छुन सकेनन् । प्रदेश १ का लागि सिर्जना थापा र रुविना क्षेत्रीले दुई दुई विकेट लिईन् ।
यस्तै प्रदेश नम्बर ३ ले कर्णाली प्रदेशलाई प्रदेश ३ ले १८६ रनले हरायो । पहिले व्याटिङ गर्दै प्रदेश ३ ले २० ओभरमा २ विकेटको क्षतिमा २४९ रन बनायो । उसका लागि कञ्चन श्रेष्ठले ७९,करुण श्रीलामाले ४३ र सजनी श्रेष्ठले ३४ रन बनाईन् । कर्णालीकी लक्ष्मी रिमालले एक विकेट लिईन् ।
जवाफीमा कर्णालीले ७ विकेट क्षतिमा ६३ रन मात्रै बनाउन सक्यो । कुनै पनि खेलाडीले दोहोरो रन अंक बनाउन नसक्दा प्रदेश ३ का लागि कञ्चन श्रेष्ठ निरा राजउपाध्यायले दुई दुई विकेट लिईन् ।