विराटनगर । बंगलादेशी राष्ट्रिय महिला टिमका प्रशिक्षक गुलान रोब्बानी चोटनले नेपाली महिला टिमको खुलेर प्रशंसा गरेका छन् । समुह चरणको दोस्रो खेलमा नेपालसंग पराजित भएका प्रशिक्षक चोटनले नेपालीका टिम निकै बलियो र अनुभवी रहेको बताए ।
‘नेपालको टोली निकै बलियो र अनुभवी खेलाडीले भरिएको छ ।’ उनले पत्रकार सम्मेलनको सुरुवातमै भने ।
प्रशिक्षक चटनले आफ्नै गल्तीका कारण आत्मघाति गोल खान पुगेको बताए ।
‘मासुरा प्रभिन र गोलकिपरको गल्तीका कारण गोल खान पुग्यौ ।’ उनले भने, ‘अभ्यासका तयारी गरे अनुसारको प्रर्दशन हुन सकेन ।’ उनले भने ।
नेपाललाई घरेलु दर्शकको राम्रो साथ रहेको उल्लेख गर्दै उनले नेपालको खेलले धेरै कुरा सिक्न दिएको बताए ।
नेपालसंग पराजित हुदै बंगलादेश समुह एको उपविजेता बन्यो । बंगलादेशले आगामी बुधबार समुह एको विजेतासंग प्रतिस्पर्धा गर्नेछ ।