विराटनगर । साफ च्याम्पियनसिप फुटबलमा नेपालले बंगलादेशविरुद्व आक्रमक सुरुवात गरेको छ । सहिद रंगशालामा पहिलो हाफको खेल सकिदाँ नेपाल ३–० ले अघि बढेको छ ।
खेलमा नेपालकी फरवार्ड सावित्रा भण्डारी छाएकी छिन् । उनले पहिलो हाफमा एक गोल गर्नुका साथै एक गोलको अवसर समेत सिर्जना गरेकी छिन् ।
नेपालले आत्मघाति गोलबाट सूरुवाती अग्रता लिएको थियो । खेलको छैटौ मिनेटमा बंगलादेशकी डिफेन्डर मासुरा पार्भिनको हेड बलले पोस्टको दिशा लिएपछि नेपालले अग्रता बनाएको हो ।
खेलको २३ औ मिनेटमा बाँया भागबाट बल अघि बढाउँदै गोलकिपरलाई समेत छलाउँदै सावित्राले नेपालको अग्रता दोब्बर पारेकी थिईन् ।
लगत्तै उनको पासमा मञ्जली कुमारी योञ्जनले गोल गर्दै नेपाललाई ३–० को स्थितीमा पु¥याईन् ।
बंगलादेशविरुद्व नेपालले सुरुवातबाटै आक्रमक खेल पस्किएको छ । र निरन्तर दबाब बढाएको छ ।
नेपालले डिफेन्स, मिडफिल्डर र फरवार्ड लाईनमा सुधारिएको खेल प्रर्दशन गरेको छ । नेपालले कसिलो डिफेन्सको नमुना प्रस्तुत गर्दा बंगलादेशी खेलाडीले नेपाली पोस्टमा धावा बोल्न सकेका छैनन् ।
नेपाली टिम समुह विजेता बन्ने लक्ष्य सहित मैदान उत्रिएको हो । दुवै टोली एक खेल अगावै सेमिफाईनल प्रवेश गरिसकेका छन् ।