काठमाडौं । आईसीसी यू-१९ विश्वकप क्रिकेटको एसिया छनोटका लागि विशेष तयारी गर्न नेपाली यू-१९ क्रिकेट टोली भारत प्रस्थान गरेका छन् ।
मलेसियामा आयोजना हुने एसिया छनोटको तयारी गर्न १८ सदस्सीय नेपाली टोली शनिबार भारतको आन्ध्र प्रदेश प्रस्थान गरेको हो ।
नेपाली टोलीले भारतमा अभ्यास र मैत्रीपूर्ण खेलहरु खेल्नेछन् । नेपालले आन्ध्र प्रदेशको यू-१९ टोलीसंग ४ अभ्यास खेल खेल्ने कार्यक्रम रहेको छ ।
नेपालली टोली रोहित पौडेलको कप्तानीमा भारत भ्रमणमा निस्किएका छन् । भारत भ्रमणपछि नेपालले १४ सदस्सीय टोलीको घोषणा गर्नेछ ।
नेपाली टोलीको ब्याटिङ कोच अपुर्व देशाई र ट्रेनर सुबास पाट्रो भने भारतबाटै टोलीमा सामेल हुनेछन् ।
अप्रिल दोस्रो साताबाट आयोजना हुने एसिया छनोटमा नेपालसहित ६ टोलीले प्रतिस्पर्धा गर्ने छन् ।
अप्रिल १० देखि २० सम्म हुने छनोटमा नेपालसहित, मलेसिया, सिंगापुर,युएई,कुवेत र ओमन रहेका छन् । विजेता टोलीले सन् २०२० मा दक्षिण अफ्रीकामा आयोजना हुने विश्वकपमा स्थान बनाउने छन् ।
नेपाली टोली :
रोहित कुमार पौडेल (कप्तान)
आसिफ शेख
पवन सर्राफ
सन्दीप जोरा
सार्की
रभी कुमार साह
रित गौतम
कमल सिंह ऐरी
राशिद खान
सागर ढकाल
अभिषेक बस्नेत
कुशल मल्ल
हरि चौहान
प्रतिष जिसी
सुर्य तामाङ
आकाश चन्द
लोकेश बम
शेर मल्ल