एजेन्सी । स्टार स्ट्राइकर तथा कप्तान क्रिस्टियानो रोनाल्डो पोर्चुगलको राष्ट्रिय टोलीमा फर्किएका छन् ।
रुस विश्वकपपछि पोर्चुगलको टोलीमा नरहेका रोनाल्डो युरोकप छनोटका लागि राष्ट्रिय टोलीमा फर्किएका हुन् । रोनाल्डो साढे ८ महिनापछि पोर्चुगलको टोलीमा फर्किएका हुन् ।
पोर्चुगलले छनोटको सुरुवाती २ खेलका लागि निकालेको २५ सदस्सीय टोलीमा रोनाल्डो रहेका छन् । यसअघि रोनाल्डो आफ्नै आग्रहमा विश्वकपपछि राष्ट्रिय टोलीबाहिर रहदै आएका थिए ।
सन् २०२० को युरोकपका लागि छनोटको समूह 'बी' मा रहेको पोर्चुगलले यहिँ मार्चमा युक्रेन र सर्बियासंग खेल्दैछ ।
फर्नान्डो सान्तोसको प्रशिक्षणमा पोर्चुगलले मार्च २२ युक्रेन र ३५ मा सर्बियासंग लिस्बोनमा खेल्नेछ ।