एजेन्सी । वेष्ट इण्डिजका अलराउण्डर केइरन पोलार्डले टी-ट्वान्टी क्रिकेटमा ९ हजार रन पुरा गरेका छन् ।
पाकिस्तान सुपर लिग (पीएसएल) क्रिकेट अन्तर्गतको दोस्रो इलिमेनेटर खेलमा इस्लाम्बादविरुद्धको खेलमा ३७ रन बनाउदै पोलार्ड करियरको ९ हजार रन पुरा गरे ।
यससंगै उनी टी-ट्वान्टीमा ९ हजार रन पुरा गर्ने विश्वका तेस्रो खेलाडी बनेका छन् ।
वेष्ट इण्डिजका आक्रामक ब्याट्सम्यान पोलार्डले सन् २००६ मा टी-ट्वान्टी क्रिकेटमा डेब्यु गरेका थिए ।
१३ बर्षको खेल जीवनमा पोलार्डले विश्वका सबै फ्रेन्चाइज टी-ट्वान्टी खेलिसकेका छन् ।
पोलार्डले वेष्ट इण्डिजका लागि ५५ टी-ट्वान्टी अन्तराष्ट्रियमा ७ सय ६२ रन बनाईसकेका छन् ।
सन् २०१० बाट इण्डियन प्रिमियर लिग (आईपीएल) मा मुम्बई ईण्डियन्सबाट खेल्दै आएका पोलार्डले ४१३ इनिङस खेल्दै ८९९३ बनाएका छन् ।
टी-ट्वान्टी खेलमा पोलार्डले हालसम्म १ शतक र ४५ अर्धशतक प्रहार गरेका छन् ।
टी-ट्वान्टी खेलमा सर्वाधिक रन बनाउने खेलाडी वेष्ट इन्डिजकै क्रिस गेल रहेका छन् । उनले हालसम्म १२ हजार ३ सय १८ रन बनाउँदा २१ सतक र ७६ अर्धसतक प्रहार गरेका छन् ।
यस्तै दोस्रो स्थानमा न्युजिल्यान्डका ब्रेण्डन म्याकलम रहेका छन् । उनले ३६४ इनिङसमा ९ हजार ९ सय २२ रन बनाएका छन् ।