काठमाडौं । मलेसियामा आयोजना हुने आईसीसी यू-१९ विश्वकप क्रिकेटको एसिया छनोटको विशेष तयारी गर्न नेपाली यू-१९ क्रिकेट टोली आज भारत प्रस्थान गर्दैछ ।
एसिया छनोटका लागि प्रारम्भिक चरणमा छनोट भएका १८ सदस्सीय नेपाली क्रिकेट टोली भारतको आन्ध्र प्रदेश जाने छन् । नेपाली टोलीले आन्ध्र प्रदेशको यू-१९ टोलीसंग ४ अभ्यास खेल खेल्नेछ।
नेपालले रोहित पौडेलको कप्तानीमा भारत भ्रमण गर्नेछन् । भारत भ्रमणपछि नेपालले १४ सदस्सीय टोलीको घोषणा गर्नेछ ।
नेपाली टोलीको ब्याटिङ कोच अपुर्व देशाई र ट्रेनर सुबास पाट्रो भने भारतबाटै टोलीमा सामेल हुनेछन् ।
अप्रिल दोस्रो साताबाट आयोजना हुने एसिया छनोटमा नेपालसहित ६ टोलीले प्रतिस्पर्धा गर्ने छन् ।
अप्रिल १० देखि २० सम्म हुने छनोटमा नेपालसहित, मलेसिया, सिंगापुर,युएई,कुवेत र ओमन रहेका छन् । विजेता टोलीले सन् २०२० मा दक्षिण अफ्रीकामा आयोजना हुने विश्वकपमा स्थान बनाउने छन् ।
नेपाली टोली :
रोहित कुमार पौडेल (कप्तान)
आसिफ शेख
पवन सर्राफ
सन्दीप जोरा
सार्की
रभी कुमार साह
रित गौतम
कमल सिंह ऐरी
राशिद खान
सागर ढकाल
अभिषेक बस्नेत
कुशल मल्ल
हरि चौहान
प्रतिष जिसी
सुर्य तामाङ
आकाश चन्द
लोकेश बम
शेर मल्ल