एजेन्सी । भारतले सन् २०२० को यु–१७ महिला विश्वकप आयोजना गर्ने पक्का भएको छ । अमेरिकामा शुक्रबार बसेको फिफा काउन्सिलको बैठकमा अध्यक्ष जियानी ईन्फान्टिनोले उमेर समुहको महिला विश्वकपको आयोजना भारतलाई दिने घोषणा गरेका हुन् ।
भारतीय फुटबल फेडेरेसनले फिफाको केही उमेर समुहको प्रतियोगिता र एएफसीको प्रतियोगिता आयोजनाको दाबी गरेको थियो । सो क्रसमा उसले पहिलो पटक यु–१७ महिला विश्वकपको आयोजना गर्ने अवसर पाएको हो ।
आयोजकको हिसावमा भारतको यु–१७ टिमले सिधै विश्वकप खेल्नेछ । उसले पहिलो पटक महिला विश्वकमपमा सहभागिता जनाउनेछ ।
भारतले सन् २०१७ मा फिफा यु–१७ पुरुष विश्वकपको आयोजना गरेको थियो । सो प्रतियोगिता हेर्न भारतमा कीर्तिमानी दर्शक मैदान उपस्थित थिए ।