एजेन्सी । इटालीका पुर्व कप्तान फाबियो कानाभारो चीनको राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् ।
चीनले शुक्रबार विश्वकप विजेता टोलीका पुर्व कप्तान फाबियोलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको हो ।
एसिया कपमा क्वाटरफाइनलबाट बाहिरिएपछि मुख्य प्रशिक्षक मार्सेलो लिप्पीले छाडेपछि चीनले फाबियोलाई जिम्मेवारी दिएको हो ।
४५ बर्षिय फाबियोको नेतृत्वमा चीनले मार्च २१ मा चीन कप फुटबलमा थाइल्याण्डसंग खेल्नेछ ।
रियल मड्रिड र युभेन्ट्सका पुर्व डिफेन्डर समेत रहेका फाबियोले सन् २००६ मा इटालीबाट विश्वकप जितेका थिए ।