एजेन्सी । कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलको २२ औं संस्करणमा ४८ राष्ट्रले प्रतिस्पर्धा गर्ने भएका छन् ।
अमेरिकाको मियामीमा शुक्रबार बसेको फिफा काउन्सिल बैठकले सन् २०२२ को विश्वकपमा सहभागी राष्ट्र बढाउने निर्णय गरेको छ । फिफा काउन्सिलको बैठकले सन् २०२२ को विश्वकपमा ३२ राष्ट्रबाट बढाएर ४८ राष्ट्र बनाउने निर्णय गरेको छ ।
सन् २०२६ को विश्वकपमा भने ४८ राष्ट्र हुने यसअघि नै तय भईसकेको छ ।
यस्तै बैठकले सन् २०२२ को विश्वकपमा कतारसंगै एक सह-आयोजक राष्ट्र थप्ने निर्णय गरेको छ । उक्त निर्णयसंगै कतारसंगै अर्को एक गल्फ राष्ट्रमा विश्वकप हुनेछ ।
कतार विश्वकप जाडो मौषममा आयोजना हुनेछ । यसअघिका सबै विश्वकप गर्मी मौषममा हुँदै आएको थियो ।
फिफाले विश्वकप जुन र जुलाई महिनामा गर्दै आएको थियो । तर, फिफाको बैठकले कतार विश्वकप नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्म आयोजना गर्ने निर्णय गरेको थियो ।
फिफाले कतारमा अत्यधिक गर्मी हुने जनाउदै विश्वकप जाडो मौषम गर्ने निर्णय गरेको हो । जुन र जुलाईमा कतारको गर्मी अत्यधिक हुने कारण जाडो मौषममा विश्वकप हुन लागेको हो ।