ललितपुर । मोफसलको मोरङ फुटबल क्लब ललित स्मृति यु - १८ फुटबल च्याम्पियनसिपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बिहिबार भएको समूह चरणको अन्तिम खेलमा जाउलाखेल युथ क्लबलाई २–१ को गोल अन्तरले पराजित गर्दै मोरङले क्वाटरफाइनलमा स्थान पक्का गरेको हो ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मोरङलाई जित दिलाउन दर्शन गुरुङले खेलको १४ औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । खेलको ४९ औं मिनेटमा कप्तान सुरज ठकुरीले फ्रिकिक मार्फत गोल गर्दै जाउलाखेललाई खेलमा फर्काएका थिए । तर, खेलको ८८ औं मिनेटमा आशिष चौधरीले गोल गर्दै मोरङलाई २ - १ को महत्वपूर्ण जित दिलाए ।
यो जितसँगै मोरङ समूह बी बाट बिजेता बन्दै क्वाटरफाइनलमा पुग्न सफल भयो । मोरङले ७ अंक जोडियो । मोरङको जितपछि ब्रिगेड ब्बाइज पनि ५ अंक जोडेर उपविजेता बन्दै क्वाटरफाइनलमा पुग्न सफल भयो । ४ अंक जोडेको जवालाखेल र अंक बिहिन पुलिस यो समूहबाट बाहिरीएका छन् ।