काठमाडौं । मलेसियामा आयोजना हुने आईसीसी यू-१९ विश्वकप क्रिकेटको एसिया छनोटका लागि नेपालले प्रारम्भिक चरणमा १८ सदस्सीय टोलीको घोषणा गरेको छ ।
मुख्य प्रशिक्षक बिनोद दासले रोहित पौडेलको कप्तानीमा शुक्रबार १८ सदस्सीय नेपाली टोलीको घोषणा गरेको हो । रोहितले पहिलो पटक नेपाली टोलीको कप्तानी गरेका हुन् । बन्द प्रशिक्षणमा बोलाइएको खेलाडीबाट नेपालले पहिलो चरणमा १८ खेलाडी छनोट गरेको हो ।
पहिलो चरणमा छनोट भएका नेपाली टोली विशेष तयारी गर्न शनिबार भारत प्रस्थान गर्ने छन् । भारत भ्रमणपछि नेपालले १४ सदस्सीय टोलीको घोषणा गर्नेछ । नेपाली टोलीले भारतको आन्ध्र प्रदेश तयारी गर्नेछन् । नेपालले आन्ध्र प्रदेशको यू-१९ टोलीसंग ४ खेल खेल्नेछ।
यस्तै नेपाली टोलीको ब्याटिङ कोच अपुर्व देशाई र ट्रेनर सुबास पाट्रो भने भारतबाटै टोलीमा सामेल हुनेछन् ।
अप्रिल दोस्रो साताबाट आयोजना हुने एसिया छनोटमा नेपालसहित ६ टोलीले प्रतिस्पर्धा गर्ने छन् ।
अप्रिल १० देखि २० सम्म हुने छनोटमा नेपालसहित, मलेसिया, सिंगापुर,युएई,कुवेत र ओमन रहेका छन् । विजेता टोलीले सन् २०२० मा दक्षिण अफ्रीकामा आयोजना हुने विश्वकपमा स्थान बनाउने छन् ।
नेपाली टोली :
रोहित कुमार पौडेल (कप्तान)
आसिफ शेख
पवन सर्राफ
सन्दीप जोरा
सार्की
रभी कुमार साह
रित गौतम
कमल सिंह ऐरी
राशिद खान
सागर ढकाल
अभिषेक बस्नेत
कुशल मल्ल
हरि चौहान
प्रतिष जिसी
सुर्य तामाङ
आकाश चन्द
लोकेश बम
शेर मल्ल