काठमाडौं । नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका सदस्य सरिता मगरलाई विश्व चर्चित क्रिकेट खेल सामग्री उत्पादक कम्पनि एसएम पिन्टुले प्रायोजन गरेको छ ।
एसएमले नेपाली टोलीका महत्वपूर्ण सदस्य सरितालाई एक बर्षको लागि प्रायोजन गरेको हो । जुन प्रायोजन नेपाली महिला क्रिकेट खेलाडीको पहिलो प्रायोजन समेत हो । यसअघि नेपाली पुरुष खेलाडीले मात्र प्रायोजक पाउदै आएको थियो ।
एसएमका सीईओ नितेश केसी र सरिताले प्रायोजन सम्झौतामा हस्ताक्षर गरेका थिए । सम्झौतासंगै एसएमले सरितालाई आवश्यक खेल सामग्री उपलब्ध गराउने छन् । एक बर्षको लागि गरिएको यस सम्झौता नवीकरण हुने एसएमले जनाएको छ ।
सम्झौतापछि बोल्दै सरिताले एसएमको साथले आफु निकै खुसी भएको र अन्य खेलाडी लागि हौसला मिल्ने बताईन् ।