काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले कतारमा आयोजना हुने एएफसी यू-२३ च्याम्पियनसिपको छनोट खेल खेल्ने नेपाली टोलीको घोषणा गरेको छ ।
सन् २०२० मा थाइल्याण्डमा आयोजना हुने च्याम्पियनसिपका लागि दोहामा हुने छनोटका लागि नेपालले २३ सदस्सीय टोलीको घोषणा गरेको हो । छनोट मार्च २२ देखि २६ सम्म हुनेछ ।
नेपाली टोलीमा अविशेक रिजाल, अमित तामाङ,अनन्त तामाङ,अन्जन बिष्ट, एरिक बिष्ट, अर्पण कार्की,असिम भुसाल, विकास खवास,बिमल घर्ति मगर,बिश्वास श्रेष्ठ,दिनेश राजवंशी र गौरब बुढाथोकी रहेका छन् ।
यस्तै हेमन्त थापा मगर,कमल श्रेष्ठ,प्रिजन तामाङ,धिरज श्रेष्ठ, रोमन रसाइली,सुमन अर्याल,सुनिल बल, तेज तामाङ, छिरिङ गुरुङ, नितिन थापा र दिप कार्की टोलीमा परेका छन् ।
टोलीको मुख्य प्रशिक्षक बाल गोपाल महर्जन र सहायक प्रशिक्षक सुमन श्रेष्ठ रहेका छन् ।
छनोटको समूह 'ए' मा रहेको नेपालले बलियो टोलीहरु कतार, ओमान र अफगानिस्तानसंग खेल्नेछ ।
नेपालले पहिलो खेल ओमानसंग मार्च २२ मा खेल्नेछ । यस्तै मार्च २४ मा कतार र अन्तिम खेलमा नेपालले मार्च २६ मा अफगानिस्तानसंग खेल्नेछ ।
छनोटको शीर्ष टोलीले एएफसी यू-२३ च्याम्पियनसिप खेल्नेछन् । यस्तै दोस्रो टोली मध्ये उत्कृष्ट चार टोलीले पनि च्याम्पियनसिप खेल्ने मौका पाउनेछन् ।