काठमाडौं । नेपाली 'ए' डिभिजन क्लब सिएमजी संकटा क्लब भारतको आसाममा सम्पन्न चौथो संस्करणको अन्तराष्ट्रिय सिईएम कप फुटबलको उपाधि जित्नबाट बन्चित भएको छ ।
गुवाहाटीमा बिहिबार भएको फाइनलमा गोवाको क्लब सलगाओकर एफसीसंग ४-२ गोल अन्तरले पराजित हुँदै संकटा उपविजेता बनेको हो ।
संकटाका लागि विष्णु गुरुङ र म्याक्सवेलले समान १/१ गोल गरे ।
यसअघि भुटानको थिम्पु सिटीलाई २-१ गोल अन्तरले हराउँदै संकटा उपाधि नजिक पुगेको थियो ।
उपाधिसंगै सलगाओकरले २ लाख रुपैया र संकटाले १ लाख भारतीय रुपैया पाएको छ ।