धनगढी । प्रदेश नम्बर २ र सुदुरपश्चिम प्रदेश पहिलो संकरणको मुख्यमन्त्री कप अन्तर प्रदेश खेलकुद प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
बिहिबार भएको खेलमा कर्णाली प्रदेशलाई ८ विकेटले पराजित गर्दै प्रदेश २ ले सेमिफाइनलमा स्थान पक्का गरेको हो । टस जितेर पहिले व्याटिङ गर्दै कर्णाली प्रदेशले १९ दशमलव ४ ओभरमा अलआउट हुँदै ६८ रन बनाएको थियो । उसका लागि रविन्द्रजंग शाहीले २८ रन बनाउनु बाहेक अरुले दोहोरो रन अंक बनाउन सकेनन् ।
प्रदेश नम्बर २ का लागि समसाद सेखले ३ विकेट लिए । सुनिल मिश्र र दिभेन्सु मल्लिकले दुई दुई विकेट लिए ।
कर्णालीले दिएको ६९ रनको विजय लक्ष्य पछ्याएको प्रदेश नम्बर २ ले १४ दशमलव १ ओभरमा २ विकेट क्षतिमा लक्ष्य भेट्टायो । उसका लागि सुधिर चौधरीले सर्वाधिक ३७ रन बनाए । विशाल सुस्लिङ र हसिम अन्सारीले १४÷१४ रन बनाए । कर्णाली प्रदेशका लागि दिवन पुनले एक विकेट लिए ।
जितसंगै समूह 'बि' बाट प्रदेश २ र सुदुरपश्चिमले अन्तिम चारको यात्रा तय गर्यो । कर्णाली भने बाहिरिएको छ । यस समूहको विजेता र उपविजेताको टुङगो भने प्रदेश २ र सुदुरपश्चिमबीचको खेलले तय गर्ने छ ।
यस्तै अर्को खेलमा प्रदेश ४ सँग ५६ रनले पराजित हुँदै प्रदेश ५ प्रतियोगिताबाट बाहिरिएको छ। प्रदेश ५ को यो लगातार दोश्रो हार हो। यसअघि भएको खेलमा प्रदेश १ सँग ५ रनले पराजित भएको थियो ।
महिला क्रिकेट अन्तर्गतका प्रदेश नम्बर ३ र प्रदेश नम्बर ५ विजयी भएका छन् । पहिलो खेलमा प्रदेश नम्बर ३ ले गण्डकी प्रदेशलाई ७ विकेटले पराजित गरेको छ । टस जितेर पहिले व्याटिङ गर्दै गण्डकी प्रदेशले २० ओभरमा ४ विकेट क्षतिमा १११ रन बनायो । उसका लागि सरुराज भण्डारीले ४७ र धना छत्यालले १८ रन बनाईन् ।
प्रदेश नम्बर ३ का लागि सुमन खतिवडा श्रीजल श्रेष्ठ करुणा श्री लामा र निरा राजउपाध्यायले एक एक विकेट लिईन् । ११२ रनको लक्ष्य प्रदेश नम्बर ३ ले १३ दशमलव ३ ओभरमा ३ विकेट क्षतिमा पुरा ग¥यो । उसका लागि कञ्चन श्रेष्ठले ३५ र सुमन खतिवडाले ३१ रन बनाईन् । गण्डकी प्रदेशका लागि एनेशा लामिछानेले दुई विकेट लिईन् । समुह ए मा रहेका सुदुरपश्चिम प्रदेश नम्बर ३ ले एक एक जित दर्ता गरेका छन् भने गण्डकी प्रदेश र कर्णाली प्रदेशले एक एक हार व्यहोरेका छन् ।
दोस्रो खेलमा प्रदेश नम्बर ५ ले प्रदेश नम्बर २ लाई १५ रनले हराएको छ । टस जितेर पहिले ब्याटिङ गर्दै प्रदेश नम्बर ५ ले २० ओभरमा ८ विकेट क्षतिमा ११५ रन बनायो । उसका लागि नितु भण्डारीले ३२ सरस्वती पुनले १८ रन बनाईन् । प्रदेश २ का लागि सरस्वती चौधरी शान्ति चौधरी अनुराधा चौधरीले दुई दुई विकेट लिईन् ।
विजय लक्ष्य पछ्याएको प्रदेश २ ले १९ दशमलव ५ ओभरमा सवै विकेट गुमाउँदै १०० रन मात्रै बनायो । उसका लागि अनुराधा चौधरीले ३३ रन बनाईन् । प्रदेश नम्बर ५ का लागि कृतिका मरासैनी ४ विकेट र लक्ष्मी चौधरीले ३ विकेट लिईन् ।
समुह बी मा प्रदेश १ २ र ५ रहेकोमा प्रदेश १ ले एक खेलमा एक जित प्रदेश २ ले एक खेलमा एक हार र प्रदेश ५ ले दुई खेलमा एक हार एक जित व्यहोरेको छ ।