एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाका युवा स्ट्राइकर ओसुमाने डेम्बेले चोटका कारण ४ साता मैदान बाहिर रहने भएका छन् ।
बार्सिलोनाले डेम्बेले देब्रे खुट्टाको तिघ्राको ह्यामिस्ट्रीङको कारण ३ देखि ४ साता मैदान बाहिर रहने जनाएको छ ।
च्याम्पियन्स लिग अन्तर्गत बुधबार राति लियोनविरुद्धको दोस्रो लेगको खेल दौरान डेम्बेले चोट बोकेका थिए ।
लियोनविरुद्ध २० मिनेट बाँकी रहदा मैदान पसेका डेम्बेले एक गोल समेत गरेका थिए । उक्त खेलमा बार्सिलोनाले ५-१ को जित निकाल्दै क्वाटरफाइनलमा स्थान बनाएको थियो ।