एजेन्सी । चौथो संस्करणको पाकिस्तान सुपर लिग (पीएसएल) क्रिकेट जारी छ । सुरक्षाको कारण युएईको दुबईबाट सुरु भएको पीएसएलको सेमिफाइनलका खेलहरु भने पाकिस्तान मै भईरहेको छ ।
पीएसएल क्रिकेट चलिरहेकै बेला पाकिस्तान क्रिकेट टोलीमा सदस्य तथा क्वेटा ग्ल्याडिएटर्सका उमर अकमलले पीएसएलको प्रवर्दन गर्ने क्रममा इण्डियन प्रिमियर लिग 'आईपीएल' शब्द उच्चारण गरेपछि उनी यतिबेला भाइरल बनेका छन् ।
कराँचीमा पीएसएलको प्रवर्धन गर्दै बोल्ने क्रममा पीएसएलको सट्टा आईपीएल भनेका थिए । यद्दपी उनले आफ्नो बोलीमा सुधार गरेका थिए । उक्त भिडियो अहिले सामाजिक संजालमा चर्चाको बिषय बनेको छ ।
'जति समर्थकहरुले हामीलाई साथ दिनुहुन्छ हामीलाई हौसला प्रदान हुन्छ र खेल्न प्रोत्साहन मिल्छ । सबै टिमले यस्तो समर्थन पाउँदै गयो भने अर्को बर्ष 'आईपीएल' माफ गर्नु होला 'पीएसएल' पाकिस्तानमा नै हुनेछ ।' अकमलले भनेका थिए ।
लाहोर र कराँचीमा खेलाइने भनिएको पीएसएलको सेमिफाइनल खेलहरु राजनीतिक कारणले कराँचीमा भईरहेको छ ।
यस सिजन नेपालबाट लेग युवा स्पिनर सन्दीप लामिछाने लाहोर क्वालेण्डर्सबाट पीएसएल खेलेका थिए । सन्दीपले प्रतियोगितामा ७ खेल खेल्दै ११ विकेट लिएका थिए ।