एजेन्सी । पाहुना टोली श्रीलंकाविरुद्धको चौंथो एकदिवसीय क्रिकेटमा दक्षिण अफ्रीकाले जित निकालेको छ । बुधबार भएको खेलमा दक्षिण अफ्रीकाले श्रीलंकालाई ६ विकेटले हराएको हो ।
पोर्ट एलिजाबेथमा श्रीलंकाले दिएको १९० रनको लक्ष्य दक्षिण अफ्रीकाले ३२ ओभर ५ बलमा मात्र ४ विकेट गुमाएर पुरा गर्यो ।
दक्षिण अफ्रीकालाई जित दिलाउन क्विनटन डी ककले ५१ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै कप्तान फाप डु प्लेसिसले ४३ रन जोड्दा जेपी डुमिनीले अविजित ३१ रन बनाए ।
श्रीलंकाका धनन्जय डी सिल्भाले ३ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ३९ ओभर २ बलमा अलआउट हुँदै १८९ रन जोडेको थियो ।
श्रीलंकाका लागि इसुरु उडाना तिलकरत्नेले ७८ रन जोड्दा ओशाडा फर्नान्डोले २९ रन बनाए । धनन्जय डी सिल्भाले २२ र कुशल मेन्डिसले २१ रन जोडे ।
श्रीलंकालाई सस्तैमा समेट्न दक्षिण अफ्रीकाका एन्रिच नोर्त्जेले ३ तथा एडिलेले २ विकेट लिए ।
यो जितसंगै दक्षिण अफ्रीकाले ५ खेलको एकदिवसीय सिरिजमा ४-० को अग्रता बनाएको छ । सिरिज भने दक्षिण अफ्रीकाले यसअघि नै जितिसकेको छ ।