एजेन्सी । घरेलु टोली भारतलाई पाँचौ तथा अन्तिम एकदिवसीय क्रिकेटमा अष्ट्रेलियाले जितका लागि २७३ रनको लक्ष्य दिएको छ ।
दिल्लीस्थित कोट्ला क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले पुरै ५० ओभर खेल्दै ९ विकेट गुमाएर २७२ रन बनायो ।
अष्ट्रेलियाका लागि उस्मान ख्वाजाले शतकीय इनिङ्स खेले । ख्वाजाले १० चौका र २ छक्काको मद्दतमा १०० रनको योगदान दिए ।
यस्तै पिटर ह्याण्ड्कम्बले ५२ रनको अर्धशतकीय इनिङ्स खेले । त्यसबाहेक अष्ट्रेलियाका लागि जे रिचार्डसन्ले २९, कप्तान एरोन फिन्चले २७ तथा मार्कस स्टोइनेस र एस्टन टर्नेरले समान २०/२० रन बनाए । प्याट कुमिन्सले १५ रन जोडे ।
भारतका भुवनेश्वर कुमार ३ विकेट लिए । मोहमद शामी र रबिन्द्र जडेजाले २/२ विकेट लिए ।
घरेलु टोली र अष्ट्रेलियाबीचको यस खेल सिरिजको निर्णायक खेल हो । यस खेल जित्नेले सिरिज हात पार्ने छन् ।
पाँच खेलको सिरिजमा भारत र अष्ट्रेलिया २-२ को अवस्थामा रहेको छ । बुधबार दुवै टोली सिरिज हात पार्ने योजनासहित मैदान उत्रने छन् ।