विराटनगर । साफ च्याम्पियनसिपको दोस्रो खेलमा भारत र माल्दिभ्स मैदानमा ओर्लिएका थिए । दुवै देशका खेलाडी लामबद्व भएर राष्ट्रिय गानका लागि तयार देखिन्थे । उद्घोषकले सुरुमा भारतको राष्ट्रिय गान सुरु गर्न उद्घोष गरे ।
स्पिकरमा जन गण मन ..... सुरु भयो ।
भारतीय खेलाडीले स्पिकरको आवाजसंगै राष्ट्रिय गानको समापन गरे ।
अब पालो माल्दिभ्सको थियो ।
तर माल्दिभ्सको राष्ट्रिय गान बजेन ।
खेलाडी अक्क न बक्क देखिए ।
केही बेर कार्यक्रम रोकियो ।
अनि उद्घोषकले बेन्चमा रहेका माल्दिभ्सका खेलाडीलाई माईक दिए, अनि राष्ट्रिय गानका लागि आग्रह गरे ।
मैदान बाहिर रहेका खेलाडीले माइक समाएर पुन आफैले राष्ट्रिय गान गाएका थिए ।