एजेन्सी । क्रिकेट अष्ट्रेलियाले निलम्बन फुकुवा लगत्तै पुर्व कप्तान स्टिभ स्मिथ र उपकप्तान डेभिड वार्नरसंग भेटवार्ता गर्ने भएका छन् ।
बल टेम्परिङको आरोपमा अहिले स्मिथ र वार्नर निलम्बनमा रहेका छन् । स्मिथ र वार्नरको फुकुवा यहि मार्च २८ बाट हुँदैछ ।
निलम्बन फुकुवा लगत्तै क्रिकेट अष्ट्रेलियाका प्रतिनिधि तथा खेलाडीहरुले पुर्व कप्तान र उपकप्तानसंग भेट वार्ता गर्ने छन् । क्रिकेट अष्ट्रेलियाको अनुसार स्मिथ र वार्नरले युएईको दुबईमा खेलाडी र प्रतिनिधिसंग भेट गर्ने छन् ।
स्मिथ र वार्नरको निलम्बन फुकुवा हुँदा अष्ट्रेलिया पाकिस्तानसंगको एकदिवसीय सिरिजका लागि युएईमा रहनेछन् । उक्त भेटमा स्मिथ र वार्नरको पुनरागमनको बारेमा छलफल हुनेछ ।
उक्त भेट आधा दिनको हुने बताईएको छ । यस भेट स्मिथ र वार्नरको लागि महत्वपुर्ण भेट हुनेछ । यदि उनीहरुले दुबईमा भेट नगरेको खण्डमा विश्वकपको लागि ब्रिसबेनमा गरिने क्याम्पमा मात्र भेट हुनेछ । जतिबेला विश्वकप आउन एक महिना भन्दा कम समय बाँकी हुनेछ ।
दुवै खेलाडीलाई विश्वकप यात्राका लागि अष्ट्रेलियाले टिममा राख्ने अनुमान गरिएको छ । अप्रिल २३ मा सार्वजनिक गरिने विश्वकप खेल्ने खेलाडीको नामावली स्मिथ र वार्नर १५ सदस्सीय टोलीमा पर्ने अनुमान गरिएको छ ।
अष्ट्रेलियाका मुख्य प्रशिक्षक जस्टिन ल्यांगरले दुवै खेलाडी निलम्बनबाट फर्कदा फिट रहेको खण्डमा टिममा नपरे आश्चर्यजनक हुने बताएका छन् ।
स्मिथ र वार्नरको निलम्बन फुकुवा पाकिस्तानविरुद्धको एकदिवसीय सिरिजको २ खेल बाँकी रहँदा हुनेछ । जसका कारण स्मिथ र वार्नरलाई चोटका कारण देखाउँदै पाकिस्तानविरुद्ध खेल्ने टोलीमा राखिएको थिएन् ।
विश्वकपमा स्थान बनाउन दुवैको परिक्षा इण्डियन प्रिमियर लिग (आईपीएल) मा हुनेछ । टिममा फर्कनु दुवैलाई आईपीएलमा उच्च प्रदर्शन गर्नुको विकल्प छैन् ।