एजेन्सी । विश्वको प्रतिष्ठित तथा पुरानो क्रिकेट क्लब मेरिलिबोन क्रिकेट क्लब (एमसीसी) ले टेष्ट क्रिकेटमा केहि नियम परिमार्जन गर्ने तयारी गरेको छ ।
एमसीसीले टेष्ट क्रिकेटको नियम परिमार्जन गर्न इंल्याण्डका पूर्व कप्तान माइक गटिङको नेतृत्वमा एक कमिटि गठन गरेको छ । कमिटीमा गटिङसंगै भारतका सौरभ गांगुली, बंगलादेशका शकिब अल हसन, श्रीलंकाका कुमार संगाकारा र अष्ट्रेलियाका शेन वार्न रहेका छन् ।
परिमार्जन गरिने भनिएको नियममा खेलको समय, बलको संरचना र फ्री हिट लगायतको कुरा उठाईएकोछ ।
पछिल्लो समय स्लो ओभरका कारण टेष्ट क्रिकेट रुचाउने समर्थकमा कमी आएको अध्ययनले देखाएको छ ।
इंल्याण्ड, अष्ट्रेलिया, न्युजिल्याण्ड र दक्षिण अफ्रिकाका टेष्ट हेर्न आउने समर्थकबीच एमसीसीले गरेको अध्ययनमा अधिकांस समर्थकले स्लो ओभरको कुरा उठाएका थिए ।
स्पिनरहरुले कम ओभर बलिङ गर्ने गरेको र निर्धारित ९० ओभर पनि १ दिनमा मात्र नभई थप समयमा पुरा गर्न नसकिएको देखिन्छ ।
नयाँ नियममा के के समावेश छन् ?
१. ओभर बोलाईएको ४५ सेकेण्डपछि स्कोर बोर्डमा समय देखिनेछ । जसमा नयाँ ब्याट्सम्यान आउनेमा ६० सेकेण्ड र बलर परिवर्तनको लागि ८० सकेण्डको समय हुनेछ ।
त्यस समयमा दुवै पक्ष तयार हुँदैनन् भने चेतवानी प्राप्त गर्ने छन् । चेतवानीपछि पनि ढिला गरे पेनाल्टी स्वरुप बिपक्षि टोलीलाई ५ रन दिइने छ ।
२. हरेक विकेट गएपछि र ड्रिङ्क्स ब्रेकमा पनि समय निर्धारण गरिएको हुनेछ । सो समय भने पिच र ड्रेसिङ रुमको दुरी अनुसार राखिने हुँदा रंगशाला अनुसार फरक पर्ने छ ।
३. डिआरएस रिभ्युमा केहि समय छोट्टाइने छ ।
अहिलेको जस्तो पालै पालो सबै जाँच नगरी मिलेसम्म सबै एकै चोटी जाँच हुनेछ । जस्तै, एलबिडब्लु र बल ट्रयाकिङ एकै पटक हुनेछ ।
अर्को महत्वपूर्ण कुरा भनेको बल बारेमा रहेको छ । हाल भारतमा एसजी बल, इंल्याण्ड र वेष्ट इण्डिजमा डुक्स र दक्षिण अफ्रिकामा काकाबुरा प्रयोग हुँदै आएका छन् ।
यस्तै कमिटिले टेष्ट क्रिकेटमा पनि फ्री हिटको प्रयोग हुनु पर्ने कुरा उठाएका छन् ।
'सेतो बलको खेलमा प्रयोग हुने नो बल तुलना गर्ने भने रातो बलको खेलमा भन्दा कम हुन्छ । जस्तै इंल्याण्डले पछिल्लो ४५ एक दिवसीय खेलमा नो बल गरेको छैन् तर वेष्ट इण्डिजविरुद्धको ३ टेष्टमा ११ नो बल गरेका छन्,' कमिटीले भनेको छ ।