ललितपुर । ललित स्मृति यू - १८ फुटबल च्याम्पियनसिप अन्तर्गत समुह बीमा रहेको विभागीय टिम पुलिस र ब्रिगेट ब्वाईज क्लबले अहीले प्रतिस्पर्धा गरिरहेका छन् ।
सातदोबाटोस्थित एन्फा टेक्निकल सेन्टरमा पुलिसविरुद्ध जित निकाल्दै ब्रिगेट ब्वाईजको नजर क्वार्टरफाईनलमा रहनेछ । विभागीय टिमविरुद्ध ठुलो अन्तरको जित निकालेमा ब्रिगेट ब्वाईजले नकआउट चरणमा स्थान बनाउनेछ ।
विभागीय टिम पुलिस एक खेल अगावै प्रतियोगिताबाट बाहिरिसकेको छ । उसले समुह चरणका सुरुवाती दुई खेलमा मोरङ र जावलाखेलसंग समान १–० को हार ब्यहोरेको थियो । ब्रिगेट ब्वाईजले जावलाखेल र मोरङसंग बराबरी खेल्दै अंक बाँडेको थियो ।