विराटनगर । विराटनगरमा जारी साफ च्याम्पियनसिपमा गर्मी बढेसंगै कुलिङ ‘ब्रेक’ गरिएको छ । सहिद रंगशालमा भारत र माल्दिभ्स भिड्दै गर्दा तापक्रमले ३२ डिग्री सेल्सियस नाघेपछि रेफ्रीले कुलिङ ‘ब्रेक’ दिएका छन् ।
तापक्रमले ३२ डिग्री सेल्सियस नाघेपछि रेफ्रीले कुलिङ ‘ब्रेक’ दिन सक्ने प्रावधान छ ।
रेफ्रीले ३० औ मिनेटमा खेल रोक्दै कुलिङ ब्रेक दिएका थिए । उनले ३ मिनेट खेल रोकेका थिए ।
प्रतियोगिताको दोस्रो दिन आज (बुधबार) भारत र माल्दिभ्सले प्रतिस्पर्धा गरिरहेका छन् ।
समुह चरणको पहिलो खेलमा भारतले माल्दिभ्समाथि प्रभाव जमाएको छ ।