एजेन्सी । युएईएफए च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ अन्तर्गतको दोस्रो लेग खेलमा आज (बुधबार) दुई खेल हुँदैछ ।
दोस्रो लेग अन्तर्गत बुधबार हुने दुई खेलमा चार ठुला क्लबले प्रतिस्पर्धा गर्दैछन् । जसमा स्पेनिस क्लब बार्सिलोनाले फ्रेन्च क्लब लियोन र जर्मन क्लब वायर्न म्युनिखले इन्ग्लिश क्लब लिभरपुलको समाना गर्नेछन् ।
बार्सिलोनाले घरेलु मैदानमा लियोनलाई आथित्यता प्रदान गर्नेछ । बार्सिलोना र लियोनबीचको खेल राति १:४५ मा सुरु हुनेछ ।
क्याम्पनाउमा प्रतिस्पर्धा गर्दा दुवै टोली अन्तिम आठको यात्रा तय गर्ने लक्ष्यमा हुनेछन् । पहिलो लेग गोलरहित बराबरी खेलेको दुई टोलीलाई दोस्रो लेगमा गोलको खाँचो देखिएको छ ।
तथ्यांक हेर्दा लियोनविरुद्ध घरेलु मैदानमा बार्सिलोनाले हार व्यहोर्नु परेको छैन् । च्याम्पियन्स लिगमा बार्सिलोनाले लियोनविरुद्ध खेलेको ३ खेल नै जितेको छ । र, १० गोल गरेको छ ।
त्यसैले बार्सिलोना घरेलु मैदानमा पुरानो इतिहास कायम गर्ने लक्ष्यमा रहेको छ । तर, बार्सिलोनालाई अप्रत्याशित नतिजाको डर भने हुनेछ ।
बार्सिलोनालाई घरेलु मैदानको फाइदासंगै स्टार खेलाडीहरु लियोनल मेस्सी, फिलिपे कौटिन्हो, लुइस स्वारेज जस्ता खेलाडीको साथ रहने छ ।
यता, लियोन भने अघिल्लो भेटको खराब नतिजालाई उल्टाउने लक्ष्यमा हुनेछ । च्याम्पियन्स लिगमा लियोनको प्रदर्शन सम्झन लायक छैन । तर, यस पटक लियोन अप्रत्याशित नतिजा निकाल्दै अघि बढ्न चाहन्छ ।
यस्तै अर्को खेलमा दुई ठुला क्लब वायर्न र लिभरपुलले प्रतिस्पर्धा गर्नेछन् । वायर्नको घरेलु मैदानमा हुने खेल राति १:४५ बजे सुरु हुनेछ ।
एलिनाज स्टेडियममा दुवै टोली क्वाटरफाइनल पुग्ने लक्ष्यसहित मैदान उत्रने छन् । त्यसैले दुईबीचको खेल निकै रोमान्चक हुने अनिमान गरिएको छ ।
पहिलो लेगमा दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । दोस्रो लेगमा वायर्न र लिभरपुल गोल गर्दै प्रतियोगिताको नकआउट चरणमा पुग्न चाहन्छ ।
घरेलु मैदानमा वायर्नको मुख्य हतियार रोबर्टो लेवान्डोस्की हुनेछन् । यस्तै जेम्स रोड्रीगेज लगायतले लेवान्डोस्कीलाई साथ दिने छन् । थोमस मुलर निलम्बनमा रहेका छन् ।
लिभरपुलको मुख्य खेलाडी मोहमद सलाह हुनेछन् । उनलाई रोबर्टो फिर्मिन्हो, साडियो माने लगायतका खेलाडीको साथ हुनेछ ।
लिभरपुलले मिडफिल्डर नेबि केइटालाई भने गुमाउने छन् ।