एजेन्सी । फ्रेन्च लिग वानमा शीर्ष स्थानको पेरिस सेन्ट जर्मेन (पीएसजी) ले सहज जित निकालेको छ ।
मंगलबार राति भएको खेलमा पीएसजीले डिजोनलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।
डिजोनको मैदानमा पीएसजीलाई जित दिलाउन मार्क्विन्हो, केलियन एमबाप्पे, एन्जल डी मारिया र एरिक म्याक्सिमले एक एक गोल गरे ।
घरेलु टोलीविरुद्ध पीएसजीले दुवै हाफमा समान २/२ गोल गरेको थियो ।
जितसंगै पीएसजीले लिगमा १७ अंकको अग्रता बनाएको छ । र, उपाधि जित्ने सम्भावना बलियो बनाएको छ ।
पीएसजीले २७ खेलबाट ७४ अंक जोडेको छ । दोस्रो स्थानको लिलीको ५७ अंक रहेको छ । २१ अंक जोडेको डिजोन रेलिगेसन जोनमा रहेको छ ।